Mon. Oct 28th, 2024

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चले दियो अनुमति

काठमाडौं -सर्वोच्च अदालतले अभिनेता पल शाहको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ ।

न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गेतको संयुक्त इजलासले शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको हो ।

उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै उच्च अदालतले शाहविरुद्धको फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको हो ।

पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्तिलगायतका प्रमाणको समुचित मूल्यांकन नभएको सर्वोच्चको भनाइ छ ।

About The Author

अन्य समाचारहरु: