Sat. Jul 27th, 2024

काठमाण्डौ जिल्ला अदालतमा टोकन प्रणाली

काठमाण्डौ -काठमाण्डौ जिल्ला अदालतले सेवाग्राहीको भीड व्यवस्थापनका लागि टोकन प्रणाली शुरुवात गरेको छ । सोमवार आजदेखि जिल्ला अदालत काठमाण्डौले व्यवस्थित र सहज रुपमा सेवा दिने उद्देश्यले टोकन प्रणालीको शुरु गरेको जनाएको हो ।

काठमाण्डौ जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भिड नहोस् भनेर टोकन प्रणालीको शुरुवात गरेको बताए । उनले काठमाण्डौ जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरु अघि बढेको बताए।
उनले भने, ‘काठमाण्डौ जिल्ला अदालतको काम व्यवस्थित र सहजीकरण होस्, सेवा लिने दिने क्रममा भिड नहोस् भन्ने उद्देश्यले टोकन प्रणाली शुरु गरिएको हो । काठमाण्डौ जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने हाम्रो योजना हो । सहज ढङ्गबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।’

About The Author

Loading...

अन्य समाचारहरु: