Sat. Jul 27th, 2024

उपत्यकाको विकासका लागि छिमेकी जिल्लासंगको सम्बन्ध परस्पर हुनुपर्छ :बालेन शाह

काठमाण्डौ -महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताएका छन् । सोमवार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा बोल्दै उहाँले काठमाण्डौ उपत्यकाको विकासका लागि पालिकाको परस्पर सम्बन्ध हुनुपर्ने बताए ।

उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए । उनले उपत्यकाको विकास एकैपटक गर्नका लागि सङ्घीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताए ।

उनले भने, ‘काठमाण्डौ र ललितपुर दुई वटा एकआपसमा परस्पर सम्बन्ध भएका महानगरपालिका हुन् । काठमाण्डौ एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन । काठमाण्डौ उपत्यका बाहिरका मानिसहरुलाई काठमाण्डौ उपत्यका एउटै हो जस्तो लाग्छ । ललितपुर आए पनि काठमाण्डौ जस्तो लाग्छ, काठमाण्डौ गए पनि ललितपुर जस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैपटक हुनुपर्छ । कोही पहिलो, दोस्रो, तेस्रोभन्दा पनि एकैपटक सबै पालिकाहरु अघि बढ्नुपर्छ ।

उनले काठमाण्डौका खोला अतिक्रमणको विषयमा सरकारलाई आवश्यक पहल गर्न आग्रह गर्नुभयो । शाहले काठमाण्डौ महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले तीन तहका सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: