Sat. Jul 27th, 2024

प्राधिकरणले तोड्यो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का

काठमाडौं -नेपाल विद्युत प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्तासँग ठेक्का तोडेको छ ।

आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही गरेको भन्दै प्राधिकरणको सहायक कम्पनी माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का सम्झौता तोडेको हो ।

रसुवा र नुवाकोटमा निर्माणाधीन उक्त आयोजनाको करिब ६६ प्रतिशत काम सकिएको छ र पछिल्लो समय काम ठप्प छ । इन्जिनियरिङ, खरिद तथा निर्माण ईपीसी मोडेलमा आयोजना निर्माणको जिम्मा लिएको सुइफा ग्रुपले १ वर्षदेखि प्रगति देखिने गरी काम नै गरेको थिएन ।

ठेक्का तोडेर बैंक ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी समेत जफत गरिएको प्राधिकरणले जनाएको छ । ‘पटक–पटक कामलाई गतिमा दिन निर्देशन दिंदा पनि ठेकेदारले अटेरी गरेपछि ठेक्का तोडेका हौं’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘धेरै पटक मौका दिँदा पनि नसच्चिएपछि सम्झौता बमोजिम नै ठेक्का तोडेका हौं ।’

बाँकी काम गर्न पुसभित्रै अर्को ठेक्का लगाउन सूचना प्रकाशित गरिने घिसिङले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: