Mon. Oct 28th, 2024

नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ

काठमाण्डौ – नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार गएको असार अन्तिममा २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको ऋण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसमध्ये आन्तरिकतर्फ ११ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । वैदेशिकतर्फको ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

साउनदेखि मङ्सिरसम्मको पाँच महिनामै सरकारले एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । जसमा आन्तरिकतर्फ एक खर्ब ११ अर्ब ३१ करोड र वैदेशिकतर्फ १९ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । साउनदेखि मङ्सिरसम्म सरकारले साँवा र ब्याज गरेर ५९ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी पनि गरेको छ । राजस्वसहितका आम्दानी घट्दा सरकारले ऋण लिएर खर्च गरिरहेको छ ।

About The Author

अन्य समाचारहरु: