Sat. Jul 27th, 2024

नीलकण्ठ -१३ मधुवनमा ‘दोस्रो खुल्ला पञ्चकन्या तथा भरत सारु स्मृति कप’ माघ ६ गतेदेखि हुने


चिनो सारु
धादिङ
-धादिङको नीलकण्ठ नगरपालिका–१३ स्थित मधुवनमा माघ ६ गतेदेखि “दोस्रो खुल्ला पञ्चकन्या तथा भरत सारु स्मृति कप ” २०८० हुने भएको छ । मधुवन युवा समाजको आयोजनामा दोस्रो खुल्ला पञ्चकन्या तथा भरत सारु स्मृति 7A side खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्धितीय पुरस्कार २५ हजार ५ सय २५ रहेको मधुवन युवा समाजका सचिव सन्तोष सारु मगरले जानकारी दिए । त्यस्तै बेष्ट प्लेयर ३ हजार, बेष्ट स्कोर, बेष्ट किप्पर, बेष्ट डिफेन्डरलई नगद रु। २÷२ हजार प्रदान गरिने छ । साथै टिम दर्ता शुल्क ५ सय ५ सय ५५ रहेकोले माघ ५ गतेसम्म टिम दर्ता गर्न पनि सम्पूर्ण क्लब तथा खेलाडीहरुलाई आग्रह गरेको छ ।

स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने र भएका खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म लैजाने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको सचिव सारु मगरले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: