Mon. Oct 28th, 2024

दीपक श्रेष्ठ निर्देशित ‘पर्खि बसें तिमीलाई’ पुस २७ मा प्रदर्शन

काठमाडौं – दीपक श्रेष्ठ निर्देशित फिल्म ‘पर्खि बसें तिमीलाई’का दुई पोस्टर सार्वजानिक भएका छन् । पुस २७ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको पोस्टरले कथावस्तुबारे जानकारी गराउँछ । प्रेमभाव र त्यसले निम्त्याउने संवेदनालाई पोस्टरमा चित्रण गरिएको छ ।

श्रेष्ठको अघिल्लो फिल्म ‘पर्खि बसें’बाट राजबल्लभ कोइराला र युना उप्रेतीले अभिनय करिअर थालेका थिए । उनको यो २७ औं फिल्मबाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । ‘यो विशुद्ध प्रेम कथानक फिल्म हो । त्यसैले यसमा दुई नयाँ कलाकारलाई प्रवेश गराएका छौं । उहाँहरुलाई उद्योगले स्वागत गर्नेछ भन्ने आशा छ,’ नयाँ कलाकारबारे श्रेष्ठले भने ।

डेब्यु कलाकार रक्षाले प्रेमकथाको फिल्मबाट अभिनय यात्रा थाल्न पाउँदा खुसी लागेको बताइन् । किरणले आफू सहाउँदो भूमिकामा फिल्ममा प्रस्तुत भएको बताए ।

About The Author

अन्य समाचारहरु: