काठमाण्डौ – काठमाण्डौ उपत्यकामा तीन हजारभन्दा धेरै सीसी क्यामरा जडान भएका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० दीपक थापाकाअनुसार अहिलेसम्म उपत्यकाभित्र ३ हजार ४ सय ८५ सीसी क्यामरा जडान भएका छन्।
काठमाण्डौ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सीसी क्यामरा जडान गरी तीन हजार नौ सय ५६ सीसी क्यामरा जडानको काम अगाडि बढेको एआईजी थापाले जानकारी दिए । उनले सुरक्षा तथा अपराध न्यूनीकरणका लागि सीसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताएका छन् ।