Mon. Oct 28th, 2024

उड्नै लाग्दा विमानको आपत्कालीन ढोका खोल्ने व्यक्ति पक्राउ

पोखराबाट काठमाडौंका लागि उड्नै लागेको विमानको ढोका खोल्ने एक व्यक्ति पक्राउ परेका छन् ।

आज बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को जहाजले सबै यात्रु चढाई सबै ढोका बन्द गरेर उड्न तर्खर गर्दा जहाजको इमर्जेन्सी ढोका अचानक खोलिदिएपछि भीम परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार परियार जहाजको इमर्जेन्सी ढोका भएको सिटनेर बसेका थिए । उनले आपत्कालीन ढोका खोलेपछि उडान रद्द गरिएको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको गौतमले बताए ।

About The Author

अन्य समाचारहरु: