Sat. Jul 27th, 2024

माइतीघरमा प्रदर्शन गर्ने १७ अधिकारकर्मी पक्राउ

काठमाडौं -बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ परेका छन् ।

एनसेलको सेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनीलगायत रहेका छन् । उनीहरुलई प्रहरीले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: