Sat. Jul 27th, 2024

धादिङकै पहिलो सामुदायिक रेडियो धादिङ १७ औं वर्षमा प्रवेश


धादिङ -धादिङ जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज आजबाट १७ औं वर्षमा प्रवेश गरेको छ । २०६४ साल पौष २१ गतेबाट औपचारिक रुपमा प्रशारण सुरु गरेको रेडियो धादिङ आजबाट १७ औं वर्षमा प्रवेश गरेको हो ।


समुदायको लागि समुदायको आवाज भन्ने मुल नाराका साथ रेडियो धादिङ, विविध जाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा निरन्तर अगाडी बढिरहेको छ । नेपालमै पहिलो पटक चेपाङ भाषाको समाचार तथा कार्यक्रम सुरु गरेको रेडियो धादिङले अहिले चेपाङ भाषा सहित तामाङ र नेपाली भाषामा समाचार तथा कार्यक्रमहरु प्रशारण गर्दै आएको छ ।


आज धादिङबेसींमा १६ औं वार्षिक उत्सव तथा साधारण सभा गर्दै रेडियो सञ्चालक समितिका पदाधिकारीहरुले रेडियोको प्रशारणलाई समयसापेक्ष परिमार्जन गर्दै लैजाने बताएका छन् । रेडियो धादिङ सञ्चालन गर्दै आएको ग्रामिण सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष सुवास खतिवडाले आगामी दिनमा रेडियोको समाचार तथा कार्यक्रमहरु परिमार्जन गर्दै लैजाले प्रतिवद्धता व्यक्त गरेको छ ।

रेडियोको प्रशारणलाई सामाजिक सञ्जालहरुसँग जोडेर सामाग्री प्रशारण गर्न कार्यक्रममा सहभागीहरुले सुझाव दिएका छन् । आधुनिकतासँगै गाउँगाउँमा पनि सामाजिक सञ्जालको पहुँच बढेकोले रेडियोको सामाग्री सामाजिक सञ्जालमा मार्फत आमनागरिक माझ पु¥याउनुपर्ने बताएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: