Sat. Jul 27th, 2024

नयाँ कलाकार लिएर फिल्म बनाउँदा दिएनन् हलले प्राथमिकता

काठमाडौं – २७ अंकसँग निर्देशक दीपक श्रेष्ठको अर्थपूर्ण लगाव छ । उनको आगामी फिल्म ‘पर्खिबसें तिमीलाई’ पुस २७ गते रिलिज हुँदैछ । यो फिल्म उनी निर्देशित २७ औं फिल्म समेत हो ।

यो संयोगबीच उनी रोमान्टिक जनराको फिल्म रिलिज गर्दैछन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक, निर्माता, कलाकार, संगीतकर्मी र वितरकले फिल्मबारे चर्चा गरे ।

माघे संक्रान्ति लक्षित फिल्मबाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । निर्माता राजाराम बुढाथोकी, संगीतकार महेश खड्का, गीतकार डा। कृष्णहरि बराल, गायक प्रमोद खरेल, वितरक करण श्रेष्ठले पनि फिल्म किन दर्शनीय छ भन्ने जानकारी गराए ।

निर्देशक श्रेष्ठले नयाँ कलाकारलाई लिएर फिल्म बनाउँदा बटुलेको अनुभव सुखद् नभएको बताए । ‘नयाँलाई अवसर दिंदैनन् भनिन्छ, अवसर दिंदा हलदेखि विभिन्न स्थानमा संघर्ष गर्नुपर्ने हुन्छ । यही शैलीले नयाँलाई यस क्षेत्रमा आउन निकै गाह्रो हुने महसुस गरेको छु,’ उनले भने ।

उनले प्रेम बुझ्न र सन्तान बुझ्न पनि फिल्म हेर्नुपर्ने बताए । ‘मेरो पुस्ताले प्रेम बुझ्न र अग्रजले आफ्नो सन्तान बुझ्न हेर्नुपर्ने फिल्म हो,’ उनले भने । उनले मण्डला नाटकघर हुँदै फिल्मसम्मको यात्राको अनुभव साटे । नाटकको पृष्ठभूमिबाट फिल्ममा आएका उनले १३ नाटकमा अभिनय गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: