Sat. Jul 27th, 2024

सुनको भाउ चार दिनसम्म स्थिर , आज सात सय रुपैयाँले घट्यो

काठमाण्डौ -सुनचाँदीको भाउ आज घटेको छ ।

गएको बिहीवारदेखि हिजोसम्म तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज चार दिनपछि घटबढ भएको हो ।

आज सुनको तोलामा सात सय रुपैयाँले घटेर एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ घटेको छ । यसअघि तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको चाँदी आज एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: