Sat. Jul 27th, 2024

मागेसंक्रान्तीको दिन मैदीमा खुल्ला रक्तदान हुने

धादिङ– धादिङको ज्वालामुखी गाउँपालिका –३ मैदीमा पाँचौ खड्गदेवी साँस्कृतिक तथा कृषि महोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुनेभएको छ । संस्कृतिको जर्गेना र पृथ्वी नारायण शाहको ब्रतबन्ध स्थल ऐतिहासिक मैदिकोटको प्रचार–प्रसार र पर्यटन बिस्तार गर्ने तथा स्थानीयस्तरमा उत्पादित कृषि सामाग्रीहरुको प्रर्दशनी र प्रोत्साहन गर्ने उद्धेश्यले यहि पौष २९ गते र माघ १ गते पाँचौं खड्गदेवी साँस्कृतिक तथा कृषि महोत्सव हुँदैछ ।

महोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाईटी मैदी उप–शाखाको आयोजना, वडा नम्बर ३ को कार्यालय, खड्गदेवी युवा क्लब, मैदीकोट खड्गदेवी मन्दिर संरक्षण समिति, मैदी ग्रामिण कृषि बहुउद्धेश्यीय सहकारी संस्था लि.सा–आयोजना, लायन्स क्लब अफ काठमाण्डौं बल्ड सर्कल, लायन्स क्लब अफ काठमाण्डौं जुपिटरको सहकार्य र नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा माघ १ गते रक्तदान कार्यक्रम हुनेभएको हो ।

खड्गदेवी मन्दिर परिसर मैदीकोटमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने रक्तदान कार्यक्रममा रक्तदान गरि सहयोग गरिदिन पनि आयोजकले सम्पूर्णमा आग्रह गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: