Mon. Oct 28th, 2024

शेयर बजार दोहोरो अङ्कले बढ्यो , ११ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाण्डौ – शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अङ्कले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो ।

आज जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किटु लागेको छ । समग्रमा बजार बढेको दिन आज धौलागिरि लघुवित्तको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ ।

बजारसँगै आज कारोबार रकम र सङ्ख्या पनि बढेको छ । आज एक करोड ७९ लाख ४९ हजार कित्ता शेयर कारोबार भएकोमा सबैभन्दा धेरै निफ्राको आठ लाख ५१ हजार कित्ता शेयर किनबेच भएका छन् ।

About The Author

अन्य समाचारहरु: