Sat. Jul 27th, 2024

धादिङको पाल्पा भञ्ज्याङमा परम्परागत खेल बाघचाल, गट्टा र डण्डी बियो प्रतियोगिता सम्पन्न


धादिङ -धादिङको नीलकण्ठ नगरपालिका ९ पाल्पा सामारी भञ्ज्याङ माविमा ६० वर्ष उमेर समूहको बाघचाल, गट्टा र डण्डी बियो प्रतियोगिता सम्पन्न भएको छ ।

पाल्पा सामरी भञ्ज्याङ माविका प्रधानाध्यापक नरहरी लम्सालका अनुसार साँस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवर्द्धन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगले यस प्रतियोगिताको आयोजना गरेको उनले बताए ।
प्रतियोगितामा बागचाल तर्फ राम्जी लम्सल प्रथम, रघुनाथ लम्साल द्वितिय र कृष्ण दुवाडी सान्तोन भएका छन् । गट्टा तर्फ तारादेवि लम्साल १६ अंक ल्याउँदै प्रथम, फुलौरी श्रेष्ठ ४ अंकका साथ द्वितिय र कमला लम्साल सान्तोना भएका थिए । यस्तै ५÷५ जनाको दुई टिम बीच ५ राउण्ड भएको डण्डीबियो प्रतियोगितामा १२४५ अंक ल्याउँदै दुवल नारायण श्रेष्ठ, भोजराज सुवेदी, टंकप्रसाद खनाल, फत्तबहादुर लम्साल र ढुण्डनारायण श्रेष्ठको टिम प्रथम भयो । उपविजेता बनेको कालेदमै, गोपाल प्रसाद लम्साल, रुद्रबहादुर लम्साल र खड्गनारायण श्रेष्ठको टिमले ११५५ अंक ल्याएको थियो ।

शिक्षा विकास तथा समन्वय ईकाई धादिङका अधिकृत कृष्णकुमार श्रेष्ठको प्रमुख निर्णायकको भूमिका रहेको यस प्रतियोगिताको विजयी खेलाडीहरु बाघचाल र गट्टा तर्फ प्रथम, द्वतिय, तृतिय र सान्तोनालाई क्रमशः २५सय, २ हजार, १५ सय र १ हजार, डण्डी बियो प्रथमहुने खेलाडीहरुलाई जनही २ हजार र द्वितिय हुने खेलाडीलाई जनही १२ सय नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: