Sat. Jul 27th, 2024

नेपालमा विदेशी पर्यटकको सङ्ख्या बढ्दो

;f}/fxfdf ko{6s e/tk'/, !! sflQsM lrtjgsf] ko{6sLo gu/L ;f}/fxfsf] 8ofd ;fO8df ko{6sn] el/e/fp ePsf /]i6'/]G6 . b;}Fcl3 ;'g;fg /x]sf oxfFsf xf]6n /]i6'/]G6 b;}Fkl5 el/e/fp ePsf 5g . tl:a/M s[i0f cfrfo{÷/f;;

अहिले नेपालमा विदेशी पर्यटकको वृद्धि भएको छ र, त्यो उत्साहजनक देखिएको छ । पर्यटकको सङ्ख्या वृद्धि गर्न विभिन्न सरोकारवाला निकायहरुले आफ्नो, आफ्नो ढङ्गबाट काम गरिरहेका छन् । पर्यटन विभागले पनि पर्यटन प्रवर्द्धनका विभिन्न काम गर्दै आइरहेको छ । पर्यटन विभागले खासगरी चार प्रकृतिको काम गर्छ । एउटा छ हजार पाँच सय मिटरभन्दा अग्ला हिमालहरुको आरोहणको अनुमति दिने लगायतका काम हो । अर्को भनेको तारे होटलहरुको दर्ता तथा नवीकरणको काम । त्यस्तै विभागले बहुवर्षीय आयोजनाको रुपमा उच्च हिमालयका ट्रेल निर्माणको काम पनि गर्ने गर्छ । अहिले विशेष गरेर बेस क्याम्पसम्म जोड्ने ट्रेलका कामहरु भइरहेका छन् । विभागले गर्ने अर्को काम भनेको साहसिक पर्यटनसँग सम्बन्धित विभिन्न खेलहरुको इजाजत पत्र प्रदान गर्ने र नवीकरण गर्ने हो । यी सबै कामहरु आन्तरिक वा वैदेशिक पर्यटकहरुसँग सम्बन्धित छन् । यी कुराहरुलाई सुधार गर्दै जाने हो भने पर्यटकको आगमनमा पक्कै सहज हुन्छ र वृद्धि पनि हुन्छ भन्ने लाग्छ ।

पर्यटकको वृद्धिको लागि पर्यटकको आरामदायी बसाइसँग पनि जोडिएको हुन्छ । त्यसका लागि विभागले एकतारे भन्दा माथिका होटलहरुको स्तर निर्धारण गर्ने काम गर्छ । साथै इजाजात पत्र र नवीकरणको काम पनि विभागले गर्छ । विभिन्न समयमा दर्ता भएर अहिलेसम्म एकतारेदेखि पाँचतारे डिलक्ससम्मका होटलहरु हामीसँग छन् । सबै प्रदेशमा यस्ता होटलहरु छन् । विशेषगरी बाग्मती प्रदेशमा बढी होटलहरु भए पनि अन्य प्रदेशमा पनि यस्ता किसिमका होटलहरु छन् । हाम्रो रेकर्ड अनुसार अहिलेसम्म कर्णाली प्रदेशमा तारे स्तरका होटलहरु दर्ता हुन आएको छैन ।

हामीले जुन ठाउँमा तारे स्तरका होटलहरु छैनन् त्यहाँ तारे स्तरका होटलहरु दर्ता गर्ने विषयमा पहलकदमी गर्ने र अन्य हामीकहाँ दर्ता भएका तर, नवीकरण नभएका होटलहरुको अवस्था के छ भनेर हेर्नुपर्ने पनि छ । यसमा विशेष गरी तीनतारे भन्दा मुनिका होटलहरुमा एक पटक दर्ता हुने, इजाजत पत्र लिने तर, नवीकरण नगरेको हाम्रो रेकर्डमा रहेको छ । त्यस्ता सबै होटलहरुलाई पत्राचार गर्ने र तिनको अवस्था के रहेको छ हेर्ने काम पनि अहिले विभागको जिम्मेवारीमा थपिएको छ । त्यस्ता होटलहरुलाई नवीकरण प्रक्रियामा लैजाने र मापदण्डका कुरामा हेर्नुपर्ने, सुधार गर्नुपर्ने रहेछ भने त्यो काम समेत गर्ने भनेर अहिले सुधार समिति पनि गठन भएको छ । समितिको समय चैत मसान्तसम्म रहेको छ । यो काम पनि अहिले विभागले गरिरहेको छ ।

अहिले उल्लेख्यरुपमा होटलहरु निर्माण भइरहेका छन् । धेरै तारे तथा पाँच तारे होटलहरु पाइपलाइनमा पनि छन् । कतिपय निर्माणाधीन पनि छन् । धेरैको वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि भइरहेको छ । अहिले विभागमा महिनामा तीनरचार वटा होटलहरुको वातावरणीय प्रतिवेदनहरु आइरहेको छ । यो अवस्था हेर्दा पनि निजी क्षेत्र निकै आकर्षित भएको तथा उत्साहित भएको देखिन्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: