Mon. Oct 28th, 2024

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ ‘क्यासब्याक’

काठमाण्डौ – ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा दुई सय ५० रुपैयाँसम्म ‘क्यासब्याक’ पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारासहित सार्वजनिक गरेको ‘क्यासब्याक’ योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आईएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा दुई सय ५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।

बैंकले रेमिट्यान्स कारोबार प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले ‘क्यासब्याक’ योजनाअन्तर्गत २५ हजार रुपैयाँसम्म पठाउँदा एक सय रुपैयाँ, त्यसैगरी ५० हजार रुपैयाँसम्म पठाउँदा दुई सय रुपैयाँ र ५० हजार रुपैयाँभन्दा बढि पठाउँदा दुई सय ५० रुपैयाँ ‘क्यासब्याक’ प्राप्त गर्नेछन् । यो योजना जनवरी ३१, २०२४ सम्म लागू रहनेछ ।

ग्लोबल आईएमई बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पुनः सक्रिय बनाएर खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा दुई सय ५० रुपैयाँसम्म थप गर्नेछ ।

About The Author

अन्य समाचारहरु: