Sat. Jul 27th, 2024

टिभी शो ‘र्‍याप ब्याटल नेपाल’फेब्रुअरीबाट अडिसन सुरु

काठमाडौं – र्‍याप गीतबारेको टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने भएको छ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा शो निर्माण हुन लागेको हो ।

आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोबारे जानकारी दिएका हुन् । युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले फेब्रुअरीबाट अडिसन सुरु हुने बताए ।

उनका अनुसार टेलिभिजनमा अप्रिलदेखि शो प्रसारण हुन्छ । ‘शोमा नेपाली सांगीतिक फाँटका देखि बलिउडका संगीतकर्मी निर्णायक हुनेछन्’, उनले भने ।

राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेण्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहौलमाझ रम्ने वातावरण शोले दिने बताए ।

शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ । इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुण ०२, इटहरीमा फागुण ०५, चितवनमा फागुण ०९, पोखरामा फागुण १२ र काठमाडौंमा १८ तथा १९ गते गरिने बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: