Mon. Oct 28th, 2024

आँचल शर्मालाई लिएर फिल्म ‘एक मुठ्ठी बादल’ बन्ने

काठमाडौं -आँचल शर्मा र सहयोगराज अधिकारीलाई शीर्ष भूमिकामा लिएर सहारा शर्माले फिल्म ‘एक मुठ्ठी बादल’ निर्देशन गर्ने भएकी छन् । बिहीबार फिल्म घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ ।

‘इन्द्रेणी खोज्दै जाँदा’पछि सहाराको यो दोस्रो कथानक फिल्म हो । फेमिली ड्रामा जनरामा बन्ने फिल्मले केही अप्रत्यासित, दुर्भाग्यपूर्ण घटनापछि एउटी आमा र उनको परिवार वर्षौंदेखिको रहस्य र कुन्ठा सामना गर्न बाध्य हुने कथावस्तु पेश गर्छ ।

निर्माता अभिमन्यू दीक्षितले फेब्रुअरी वा मार्चदेखि पोखरा उपत्यकामा फिल्म सुटिङ हुने बताए । पारिवारिक र महिला प्रधान कथावस्तुमा फिल्म बन्ने उनले जनाए ।

About The Author

अन्य समाचारहरु: