Sat. Jul 27th, 2024

धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

धादिङ – धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बा ५ ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिकाको– ५ मा दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरु माया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: