काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल आगमनका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।
दोहाबाट काठमाडौं आउँदै गरेका प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण आधा घन्टाका लागि रोकिएका छन् । प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकाई स्वदेश फर्कदै छ ।
कतार एयरवेजको जहाजबाट बिहान ९ बजे प्रधानमन्त्री काठमाडौं अवतरण गर्ने तालिका छ । दोहाबाट आएको हिमालय एयरलाइन्सको एचआइएम ५६४ जहाज होल्ड गराई कतारको जहाजलाइ अवतरण गराउन लागिएको छ ।
भीभीआईपी उडानका कारण अहिले अन्य जहाजको उडान रअवतरण रोकिएको विमानस्थल स्रोतले जनाएको छ । कार्यालयले “नोटाम” जारी गरी यसबारे जानकारी गराउने गर्छ । यसले गर्दा सर्वसाधारण मर्काका परेका छन् ।