Sat. Jul 27th, 2024

चीनको युनान प्रान्तमा गएको पहिरोमा ४७ जना पुरिए

चीनको युनान प्रान्तमा आज बिहान गएको पहिरोमा ४७ जना पुरिएका छन् । पहिरोमा परेर १८ वटा भवन भत्किँदा अरु थुप्रै मानिस बेपत्ता भएका बीबीसीले जनाएको छ ।

पुरिएकाहरुको अवस्थाबारे भने जानकारी आइनसकेको खबरमा उल्लेख छ । बेपत्ताहरूको खोजी तथा उद्धार कार्य भइरहेको छ । स्थानीय समाचार माध्यम पीपुल्स दैनिकका अनुसार घटनापछि यस क्षेत्रबाट पाँच सयभन्दा बढी व्यक्तिलाई सुरक्षित ठाउँमा सारिएको छ ।

भत्केका भवन पन्छाएर त्यहाँ पुरिएका मानिसको खोजी र उद्धार भइरहेको देखिएको बीबीसीले जनाएको छ । त्यस क्षेत्रमा तापक्रम पनि शून्यभन्दा तल रहेको खबरमा उल्लेख छ ।

About The Author

Loading...

अन्य समाचारहरु: