Sat. Jul 27th, 2024

नवौं धादिङ महोत्सव भोली उद्घाटन हुदै

धादिङ – नवौं धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका छन् । भोली देखि सुरु हुने महोत्सव एघार दिनसम्म गजुरी गाउँपालिकाको गलौँदीस्थित त्रिशुली किनारमा हुने भएको हो ।


महोत्सवमा गजुरी बजारबाट बाजागाजा सहित बिभिन्न जातिय पहिचानको भेषभूषा झल्कने गरी ¥याली निकालिने तयारी भएको छ ।‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारा सहित महोत्सव सुरु हुन लागेको उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष विष्णु थपलियाले बताए ।


उनले भने–‘नवौ धादिङ महोत्सवको आम्दानीबाट संघको संस्थागत विकाससँगै व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको लक्ष्य लिएकोे छ’।
महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पु¥याउने उदेश्य रहेको छ । स्थानिय स्तरको उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गरिएको महोत्वसमा २ सय ४० वटा स्टल रहनेछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: