Sat. Jul 27th, 2024

काठमाडौं महानगरको निर्णयबिरुद्ध सडकमा उत्रिए न्यूरोडका ब्यापारी

काठमाडौं – न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरु सडकमा उत्रिएका छन । ब्यापारीहरु सटर बन्द गरेर सडकमा उत्रदै आन्दोलित भएका हुन ।

ब्यापारीहरु आज सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह समेत गरेका छन । काठमाडौं महानगरपालिकाले आज ९मंगलबार० देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी ९वरिष्ठ उपरीक्षक० राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।

यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ । यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ । अब अन्य क्षेत्रका सडकमा पनि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको महानगरपालिकाले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: