Sat. Jul 27th, 2024

नवौं धादिङ महोत्सवका अतिथिलाई भव्य स्वागत गर्ने धादिङबेसीका नेवार समुदायको तयारी

धादिङ– गजुरीको गलौदीमा हुने नवौं धादिङ महोत्सवको उद्घाटन समारोहमा धादिङबेशीका नेवार समुदायले पाँच वटा भन्दा बढी झाँकीहरु प्रस्तुत गर्ने भएका छन् ।

लाखे, टाकटुके, धिमे बाजासहितको झाँकीहरु र सुकुण्डा, खर्पन, अन्ति, कोटा, नेवारी भेषभुषा र व्यानरसहित प्रस्तुत गर्ने तयारी गरेको झिगु नेवा समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला सदरमुकाम धादिङबेशीबाट ¥यालीसहित दुइ सय भन्दा बढी नेवार समुदायका कलाकारहरु आफ्नो भेषभुषासहित महोत्सव उद्घाटन गर्न आउने अतिथि तथा सहभागीहरुलाई स्वागत गर्ने तयारी गरेका हुन् ।

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा गजुरी गाउँपालिकाको गलौँदीस्थित त्रिशुली किनारमा माघ १० गते महोत्सव शुरु भइ २१ गतेसम्म चल्नेछ । स्थानीय स्तरको उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गरिएको महोत्वसमा २ सय ४० वटा स्टल रहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: