Mon. Oct 28th, 2024

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमतीको अध्यक्षमा त्वायना

धादिङ- नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको अध्यक्षमा विश्वराम त्वायना निर्विरोध चयन भएका छन् । धादिङमा सम्पन्न तेस्रो अधिवेशनले त्वायनासहित नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले प्रथम उपाध्यक्षमा खगेन्द्र पौडेल, द्वितिय उपाध्यक्षमा आर. के. पण्डित, सचिवमा कृष्ण प्रसाद न्यौपाने, कोषाध्यक्षमा पारस महर्जन, सह सचिवमा तारादेवी थापालाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा दान बहादुर श्रेष्ठ (हरि), काजिमान बजु, केशव देवकोटा, विज्ञान रिमाल, मिन कुमार श्रेष्ठ, वाशुदेव गजुरेल सर्वसम्मत चयन भएका छन् । अधिवेशनले अजित थापाको संयोजकत्वमा लेखा समिति पनि चयन गरेको छ । लेखा समिति सदस्यहरुमा दुर्गा प्रसाद गौतम, होमनाथ खनाललाई चयन गरेको हो ।

About The Author

अन्य समाचारहरु: