Sat. Jul 27th, 2024

‘नमेटिने घाउ’ चलचित्रमा केपी ओलीको पनि अभिनय

काठमाण्डौ – पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन् ।

अभिनेता रमित ढुङ्गानाको डेब्यु निर्देशन रहने ‘नमेटिने घाउ’ नामको चलचित्रमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्न लागेको हो ।

चलचित्रको छायाङ्कन फागुन दोस्रो हप्तादेखि शुरु हुने निर्देशक एवम् अभिनेता ढुङ्गानाले बताए।

हिजो ओलीको उपस्थितिमा काठमाण्डौमा चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । एसिड आक्रमणबाट पीडित बनेकाहरूको कथा समेटेर चलचित्र बन्न लागेको अभिनेता ढुङ्गानाले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: