Mon. Oct 28th, 2024

आईसीसीले श्रीलङ्कामाथि लगाएको निलम्बन हटायो

काठमाण्डौ -अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ । गएको नोभेम्बरदेखि श्रीलङ्कामाथि लगाएको प्रतिबन्ध हिजोको बोर्ड बैठकले तत्काल लागू हुने गरी हटाएको हो ।

सन् २०२३ को विश्वकप क्रिकेटमा भारतसँगको हारपछि श्रीलङ्काका खेलकुदमन्त्री रोशन रानासिङ्घेले श्रीलङ्का क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।

श्रीलङ्का क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो । त्यसैको कारण १९ वर्षमुनिको विश्व कप श्रीलङ्काबाट दक्षिण अफ्रिकामा सरेको हो ।

About The Author

अन्य समाचारहरु: