Sat. Jul 27th, 2024

अनलाइनबाट ऋण लेनदेन गर्न मिल्ने व्यवस्थाको तयारी

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सहभागिता विना नै ऋण लेनदेन गर्न मिल्ने गरी अनलाइन प्लेटफर्मको तयारी थालेको छ ।

केन्द्रीय बैंकले वित्तीय मध्यस्थतामा लाग्ने खर्च कटौती गर्ने तथा प्रविधिमा आधारित विश्वको पछिल्लो अभ्यासलाई अनुशरण गर्न खोजेको हो ।

दुईभन्दा बढी ऋणीले कुनै एक व्यक्तिलाई ऋण दिन सक्ने गरी पियर–टु–पियर अर्थात् पीटुपी प्लेटफर्म सञ्चालन गर्न सकिने राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यस अवधारणाअन्तर्गत व्यक्ति–व्यक्ति अनलाइन प्लेटफर्ममार्फत जोडिने र उनीहरूले त्यसमार्फत ऋण दिने र लिने काम गर्छन् । यसमा लगानी गर्न चाहने र लगानी लिन चाहनेबीचको समझदारी भइ लेनदेन हुनेछ ।

केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययनअनुसार पहिलो चरणमा साना कर्जा लेनदेन हुने गरी प्लेटफर्मको लाइसेन्स दिन सकिने देखिएको छ । व्यक्तिगत रूपमा ऋण दिन र लिन चाहने दुवै व्यक्तिले यो माध्यममा एकाउन्ट खोल्न सक्नेछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: