Mon. Oct 28th, 2024

सहिद दिवसको प्रेरणा कसैले नभुलौँ : केपी ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दिवको प्रेरणालाई कसैले भुल्नु नहुने बताएका छन् । नेपालमा जहानियाँ राणा शासन अन्त्यको लागि जीवन बलिदान दिने चार महान् सहिदहरूलाई स्मरण गर्दै ओलीले सहिदहरु प्रति नमन व्यक्त गरेका छन् । सहिद दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले युग परिवर्तन गर्न उनीहरुको ठुलो योगदान रहेको स्मरण गरेका छन्।

उनीहरुले जहानियाँ राणा शासनको अँध्यारोबाट देशलाई उज्यालो युगमा प्रवेश गराएको ओलीले बताए । सामाजिक सञ्जाल फेसबुकमा ओलीले देशलाई प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्ने सहिदहरू प्रति नमन गरेका छन् । ‘युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गरेका अमर शहीद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीलाई नमन, शहीद दिवसको प्रेरणा नभुलौँ, सबैलाई शुभकामना’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

About The Author

अन्य समाचारहरु: