Sat. Jul 27th, 2024

‘भूठान’को छायांकन सकियो, निर्देशक भन्छन्- हलिउड मापदण्डमा फिल्म बनेको छ

काठमाडौं – ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको नयाँ फिल्म ‘भूठान’को छायांकन अमेरिकाको ओहायोमा सकिएको छ । छायांकन सकेर नेपाली अभिनेता हरिवंश आचार्य र दयाहाङ राई स्वदेश फर्किएका छन् ।

प्रसिद्ध हलिउड अभिनेता ब्रुस डर्नले समेत अभिनय गरेको यो फिल्मको अंग्रेजी नाम ‘द वर्ल्ड ह्यापिएस्ट म्यान’ राखिएको छ । तेस्रो देश पुनर्वासमा पुगेका भुटानी शरणार्थीको कथावस्तु समेटिएको यो फिल्मबाट पूजा चन्द र ऋचा घिमिरेले पुनरागमन गरेका छन् ।

भारतीय अभिनेत्री अनुराधा मजुमदारसहित नेपाली कलाकार भुवन प्याकुरेल, अदिती प्याकुरेल र कौशिला खनाल पनि फिल्ममा छन् । ‘साँघुरो’ फेम्ड निर्देशक जोयश पाण्डे र नाटक निर्देशक विमल सुवेदी पनि अभिनेताका रुपमा यसमा छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: