Sat. Jul 27th, 2024

राहदानीमा ६० प्रतिशत विवरण राष्ट्रिय परिचयपत्रकै प्रयोग हुने

काठमाडौं -राहदानी बनाउदा राष्ट्रिय परिचयपत्रकै विवरण प्रयोग गर्ने तयारी सुरु भएको छ । राहदानी विभागको तयारी अनुसार काम अगाडि बढे एक महिनामा राष्ट्रिय परिचयपत्रको विवरणअनुसार राहदानी बनाउने काम सुरु हुनेछ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राहदानी बनाउन चाहिने ६० प्रतिशत विवरण परिचयपत्रकै प्रयोग गर्न सकिने बताएको छ । यसका लागि राहदानी विभागले आफ्नो प्रणाली ९सिस्टम०मा परिचयपत्र इन्टिग्रेट ९आवद्ध० गर्नुपर्छ । यो काम विभागले एक महिनामा सक्ने राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेशकुमार केशरीले जानकारी दिए ।

“यसका लागि राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभाग र राहदानी विभागको संयुक्त टोलीले काम गरिरहेको छ,” निर्देशक केशरीले भने, “राहदानी बनाउदा ६० प्रतिशत जति हाम्रै विवरण प्रयोग गर्नेगरी काम गरिरहेका छौँ ।”

राहदानी विभागको प्रणालीमा परिवर्तन गर्नुपर्ने भएकाले समय लाग्ने उनको भनाइ छ । “एक महिनामा प्रणालीमा परिवर्तन भयो भने इन्टिग्रेसनको काम अघि बढ्छ । हामी तयार नै छौँ । राहदानी विभागले एक महिना लाग्छ भनेको छ । त्यो भयो भने एक महिनापछि नतिजा आउला,” परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक केशरीले भने ।

एक ठाउँमा संकलन गरिएको नागरिकको विवरण सबै किसिमका सार्वजनिक सेवामा प्रयोग गर्ने उद्देश्यले राष्ट्रिय परिचयत्र ल्याइएको विभागले जनाएको छ । एकपटक राष्ट्रिय परिचयपत्र बनाउन आफ्नो सम्पूर्ण विवरण दिइसकेपछि अन्य सबै सरकारी निकायमा सोही डाटा प्रयोग गर्ने लक्ष्य रहेको विभागले बताउँदै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: