Sat. Jul 27th, 2024

एमाले धादिङको नवौं अधिवेशन शुक्रबार दिउँसो केपी ओलीले उद्घाटन गर्ने

धादिङ– नेकपा एमाले धादिङको नवौं अधिवेशन पुर्वप्रधानमन्त्री एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने भएका छन् । धादिङबेसी स्थित खुल्लामञ्चमा शुक्रबार दिउसो १ बजे ओलीले उद्घाटन गर्ने भएका हुन् ।

काठमाडौंबाट सडकमार्ग हुँदै धादिङबेसी आउन लागेका ओलीको स्वागतमा एमालेले पृथ्वीराजमार्गको ठाउँठाउँबाट ¥याली निकाल्ने र धादिङबेसीसम्म स्कटिङ गर्ने व्यवस्था मिलाएको छ । अधिवेशन उद्घाटनका लागि एमालेले गाउँ गाउँबाट विभिन्न झाँकीहरुसहित कार्यकर्ता धादिङबेसीमा ल्याउने तयारी गरेको छ । एमालेले विभिन्न सामाजिक सञ्जालहरु मार्फत प्रचार गरिरहेको छ ।
एमाले धादिङको नवौ अधिवेशनले समृद्ध धादिङको मार्गचित्र प्रस्तुत गर्ने नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले बताए । नवौ जिल्ला अधिवेशनले धादिङको नयाँ कार्य दिशा उनले बताए । अघिवेशन उद्घाटनसत्रमा धादिङमा कृयाशिल सबै राजनीतिक दलको उपस्थिति रहने एमालेले जनाएको छ । अधिवेशनमा आउने अतिथि र प्रतिनिधिहरुको स्वागतमा एमालेले धादिङबेसी बजार झकिझकाउ बनाएका छन् ।

अधिवेशनले एक सय पाँच सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । सर्वसम्मत नयाँ नेतृत्व चयनको लागि अधिकतम प्रयास गर्ने एमाले नेताहरुले बताएका छन् ।


अधिवेशनमा जनवर्गीय संगठनहरुबाट मनोनित हुने बाहेक ५ सय ८० जना प्रतिनिधि सहभागी हुनेछन् । ३० जना सदस्य बराबर १ जना प्रतिनिधि छनोट भएको एमाले धादिङका इन्चार्ज धर्मदक्त देवकोटाले बताए । जिल्लामा मतको हिसावले १ नम्बर पार्टीलाई अब जित्ने पार्टी बनाउने र धादिङका जनताको इच्छा पूरा गर्ने पार्टी एमाले बन्ने देवकोटाले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: