Mon. Oct 28th, 2024

क्यान्सर उपचारमा ‘कार-टी सेल थेरापी’ को नेपालमा सफल प्रयोगशाला परीक्षण

काठमाडौं – क्यान्सर उपचारमा प्रयोग हुने ‘कार टी सेल थेरापी’ को नेपालमा प्रयोगशाला परीक्षण सफल भएको दाबी गरिएको छ ।

संयुक्त राज्य अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनबाट प्रमाणित सीडी(१९ कारको प्रयोगशालामा कार(टी सेलको सफलतापूर्वक परीक्षण गरेको जनाएको हो ।

रिजेनरेटिभ मेडिसिनको सीडी(१९ कार(टी सेल स्वीस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार(टी सेल जत्तिकै प्रभावकारी देखिएको अमेरिकाको एस्ट्राजेनेका फार्मास्यूटिकल्सको अन्कोलोजी विभागमा कार्यरत डा। सञ्जीवन गौतमले बताए ।

गौतमका अनुसार अतिउच्च प्रविधियुक्त यस उपचार विधिको सफल प्रयोगशाला परीक्षण नेपालमा पहिलो पटक भएको हो ।

प्रयोगशालामा सफल कार(टी सेल थेरापीलाई गुड म्यानुफ्याक्चरिङ प्य्राक्टिस प्रविधियुक्त प्रयोगशालामा मानव प्रयोगका लागि उत्पादन गर्ने उद्देश्य सेन्टर फर रिजेनरेटिभ मेडिसिनको रहेको छ ।

‘कार(टी सेल एक विशेष उपचार पद्धति हो जुन रक्त क्यान्सरका बिरामीहरूमा निकै प्रभावकारी देखिएको छ । नेपालमा यो पद्धति प्रयोगमा ल्याउन सकेमा देशकै लागि ठूलो अवसर हुनेछ,’ डा। गौतमले भने ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी० ले यो प्रविधिलाई सात वर्षअघि प्रमाणित गरेको थियो ।

त्यसपश्चात संसारका अन्य देशमा पनि यसको परीक्षण भएको छ । अनुसार यसमा प्रयोग हुने रिएजेन्ट र उपकरण निकै महँगा र जटिल प्रविधियुक्त हुन्छन् ।

विकसित देशमा तीनदेखि पाँच करोड रुपैयाँसम्म खर्च लाग्ने कार(टी सेल थेरापीलाई अमेरिकी, जर्मन र ब्राजिलियन संस्थाहरूको सहकार्यबाट नेपालमै १० गुणा कम लागतमा उत्पादन र उपलब्ध गराउने उद्देश्य रहेको डा। गौतमको भनाइ थियो ।

वीर अस्पतालको क्यान्सर विभागमा कार्यरत प्रा। डा। रमिला शिल्पकार रक्त क्यान्सरमा सफलतापूर्वक परीक्षण गरिएको यो उपचार पद्धति नेपाल प्रयोगमा ल्याउँदा बर्सेनि १०० भन्दा बढी बिरामी लाभान्वित हुने प्रक्षेपण गरिएको बताउँछिन् । उनका अनुसार यो पद्धति बिस्तारै रक्त सहित अन्य क्यान्सरमा पनि प्रयोग हुने क्रममा छ ।

वीर अस्पतालकै वरिष्ठ कलेजो रोज विशेषज्ञ प्रा। डा। सुधांशु केसीले कार(टी सेल थेरापी क्यान्सर मात्र नभई कलेजो, मधुमेह, स्वप्रतिरक्षा तथा मुटु सम्बन्धी रोगहरूमा पनि प्रभावकारी देखिएको बताए ।

कार(टी सेल थेरापीले अबका केही वर्षमा नै उपचार पद्धतिमा महत्त्वपूर्ण हिस्सा ओगट्ने बेलायतको केभेन्ट्री विश्वविद्यालयका डा। ओम कुर्मी बताउँछन् । आनुवंशिकी वैज्ञानिक बलराम गौतमका अनुसार कार(टी सेल प्रविधिका लागि आवश्यक सामान पश्चिमा मुलुकबाट ‘फ्रिजिङ कन्डिशन’ मा आयात गर्नुपर्ने हुँदा महँगो पर्ने र ढुवानीमा जटिलता आउने जस्ता समस्या छन् ।

हालसम्म फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले ६ वटा कार(टी सेललाई मान्यता दिएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपाललले यी मान्यता प्राप्त कार(टी सेललाई औषधि व्यवस्था विभागको स्वीकृतमार्फत नै नेपालमा उत्पादन गर्ने लक्ष्य रहेको डा। केसीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: