Sat. Jul 27th, 2024

सवारीचालकलाई अब क्यूआर कोडवाला लाइसेन्स कार्ड

काठमाडौं – वाग्मती प्रदेशमा आउँदो फागुन १ गतेदेखि क्यूआर कोड प्रविधिको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० वितरण गरिने भएको छ । परीक्षणकालीन अवधि ९एक वर्ष०का निम्ति क्यूआर कोड हुने डिजिटल लाइसेन्स वितरण गर्न लागिएको हो ।

ट्रायल उत्तीर्ण गर्नेले यस्तो लाइसेन्स पाउनेछन् । यो लाइसेन्स एटीएम कार्डजस्तै हुने वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले जानकारी दिए ।

कार्डमा ‘परीक्षणकालीन’ लेखिएको हुने र चालकको सम्पूर्ण विवरण एवं क्यूआर कोड पनि रहने उनले बताए । उक्त क्यूआर स्क्यान गर्दा सम्बन्धित व्यक्तिको विवरण देखिनेछ ।

“परीक्षणकालीन लाइसेन्स दिने व्यवस्था कानुनमै छ । त्यसैअनुसार प्रदेशअन्तर्गतका सातवटै कार्यालयले फागुन १ गतेदेखि वितरण गर्ने गरी तयारी भइरहेको छ,” उनले बाह्रखरीसित भने ।

उक्त कार्ड ल्याइसकेको र सातवटै कार्यालयलाई प्रदेशबाट बजेट ‘रिलिज’ भएसँगै काम अघि बढाइने उनले बताए ।

प्रदेश सरकारले हालसम्म स्मार्ट लाइसेन्स छापेर वितरण गर्न सकेका छैनन् । स्मार्ट लाइसेन्सको मुख्य प्रणाली रहेको यातायात व्यवस्था विभागले नै लाइसेन्स छापेर बाँड्ने गरेको छ ।

हाल भित्र्याइएको ६ लाख स्मार्ट लाइसेन्स कार्ड प्राविधिक समस्याका कारण छाप्न ढिलाइ भएको विभागले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: