Sat. Jul 27th, 2024

दुईवटा चाउचाउको पाँच सय लिने ह्याम्लेट रेष्टुरेन्टलाई एक लाख जरिवाना

धादिङ -दुई वटा चाउचाउ पकाएर खाएको पाँच सय रुपैंया असुल्ने धादिङको ह्याम्लेट रेष्टुरेन्टलाई एक लाख जरिवाना गरेको छ । २० रुपियाँ पर्ने चाउचाउ दुइ वटा पकाएको पाँच सय लिने गल्छि गाउँपालिका–७ मासटारको ह्याम्लेट रेष्टुरेन्टलाई जिल्ला अनुगमन समितिले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार एक लाख जरिवाना गरेको हो ।


उपभोक्ताबाट गुनासो आएपछि चाउचाउ पकाएर खाएर पैसा तिरेको बिलसहित बोकेर अनुगमनमा पुगेको टोलीले जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।
‘पकाएर दिएको दुइ पोका चाउचाउको पाँच सय रुपियाँ तिरेको होटलले दिएको बिलसहित एक जना उपभोक्ताले जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी ग¥यो । उजुरी परेपछि अनुगमन गरी जरिवाना गरेका हौं’ उनले भने–‘ह्याम्लेटसहित गल्छिकै नवोदिप स्टोर र रिभर भ्यू क्याफेलाई दश÷दश हजार जरिवाना गरिएको छ । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको र अधिकतम मूल्य लिएकाले जरिवाना गरिएको हो ।’


तोकिएको मूल्य भन्दा बढी लिने होटल तथा पसलेलाई कालोबजारी गरेको कसुरमा कारबाही गरिने उनले बताए । ‘विगतका दिनहरुमा हामीले खानेकुराको गुणस्तर हेरेका थियौं । पछिल्लो समय एमआरपीमा उपभोक्ता ठगिने गुनासा आएका छन् ’उनले भने – ‘अबका दिनमा महंगो मूल्य असुल्नेहरुमा फोकस गरेका छौं । अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान बिक्री गरेको देखिएमा कालोबजारी र ठगी अभियोगमा मुद्दा चलाइने छ ।’


अनुगमनका क्रममा जरिवानाबाट साउन यता ७ लाख ९० हजार राजश्व संकलन भएको अनुगमन समितिका संयोजक पराजुलीले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: