Sat. Jul 27th, 2024

प्रधानमन्त्री भन्छन्- ‘म प्रधानमन्त्री बनेपछि उत्तरी क्षेत्रका नाकामा आवतजावत सहज भयो’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले सरकारले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरू सुरु र व्यवस्थित गर्ने विषयलाई प्राथमिकता दिएको बताएका छन् । उनले तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरू सरु र व्यवस्थित गर्न कुरा प्राथमिकतामा राखेको बताए ।

त्यसैको परिणामस्वरुप तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उनले चिनियाँ राजदूतसँग पनि केही दिनअघि मात्रै चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमति अघि बढाउने बारेमा छलफल गरेको बताए ।

उनले छलफलमा रम्परागत नाकाहरु खोल्ने, टोखा—छहरे सुरुङ मार्गको डीपीआर तयार गर्ने र हिल्सा-सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: