Mon. Oct 28th, 2024

ईन्द्रेणी सातौं राष्ट्रिय रनिङ शिल्ड दोहारीगीत प्रतियोगिता धादिङको चरौदीमा

धादिङ –ईन्द्रणी सातौं राष्ट्रिय रनिङ शिल्ड दोहारीगीत प्रतियोगिता –२०८० धादिङको चरौदीमा हुने भएको छ । आज चरौदीमा पत्रकार सम्मेलन गरि राट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा फागुन ५ गते देखि ८ गतेसम्म हुने दोहोरीगीत प्रतियोगिता हुनेबारे जानकारी गराएको हो ।

नेपालको मौलिक र संकृतिलाई बचाई राख्नको लागि दाहोरी प्रतिष्ठान नेपालले राष्ट्रिय संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले राष्ट्रव्यापी रुपमा उत्कृष्ट दोहोरीगीत प्रतियोगिता गराई उत्कृष्ट प्रतिस्पर्धी समूहहरुबाट सर्वोत्कृष्ट छनौट गरिने विज्ञप्तीमा उल्लेख छ ।

अनुभवी अग्रज कलाकारहरु निर्णायक रही प्रतिभावान र उत्कृष्ट कलाकारहरुको बीचमा खेलाईने छ प्रतियोगिताको समुद्घाटन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को प्रमुख आतिथ्यतामा प्रतियागिता उद्घाटन हुने भएको राट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षले रिता थापा मगरले जानकारी दिए ।

उक्त कार्यक्रमको सम्पूर्ण अडियो, भिडियो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आफ्नै अफिसियल युट्युब च्यानलबाट प्रकाशन तथा प्रशारण गरिनेछ भने संस्थाको आधिकारीक फेसबुक पेज र युट्युबबाट समेत लाइभ प्रशारण गरिनेछ । ईन्द्रणी सातौं राष्ट्रिय रनिङ शिल्ड दोहारीगीत प्रतियोगिता करिब ५० लाख नेपाली दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

धादिङ स्थानीय व्यवस्थापक रहने यस कार्यक्रम करीब तीस हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने साथै विभिन्न माध्यम मार्फत स्वदेश तथा विदेशमा रहनुहुने करीब पचास लाख नेपाली र नेपालीभाषी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय रनिङ शिल्ड दोहारीगीत प्रतियोगिताको लागि प्रथम पुरस्कार ३ लाख द्धितिय पुरस्कार २ लाख तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार प्रदान गरिने छ । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । कार्यक्रमको प्रबर्द्धकका रुपमा नेपाल पर्यटन बोर्ड, टोखा नगरपालिका, टोखा नगरपालिका वडा नं ७ साथै राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल रहनेछन् ।

About The Author

अन्य समाचारहरु: