Sat. Jul 27th, 2024

‘ओपेनहाइमर’ फेम्ड अमेरिकी लेखक काई बर्ड काठमाडौंमा

काठमाडौं -विश्वचर्चित हलिउड फिल्म ‘ओपेनहाइमर’ फेम्ड लेखक तथा पुलित्जर पुरस्कार विजेता काई बर्ड नेपाल आइपुगेका छन् । सोमबार काठमाडौं आइपुगेका उनले फागुन ३ देखि ७ गतेसम्म पोखरामा आयोजना हुने नेपाल लिटरेचर फेस्टिभलमा सहभागिता जनाउनेछन् ।

बर्डको चर्चित पुस्तक ‘अमेरिकन प्रोमेथियस स् द ट्रिम्प एण्ड ट्रयाजेडी अफ जे रोबर्ट ओपेनहाइमर’मा आधारित रहेर उक्त फिल्मको निर्माण भएको हो ।

लेखक बर्डसँग सोमबार नेपालको ठूलो मल्टिप्लेक्स चेन फिल्म हल क्यूएफएक्स तथा ‘ओपेनहाइमर’लाई नेपालमा रिलिज गरेको वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टका प्रमुख नकिम उद्दिनले भेटेका छन् ।

लाजिम्पाटको एक होटलमा भएको उक्त भेटमा दुईजनाबीच फिल्मबारे कुराकानी भएको थियो । सो अवसरमा बर्डले आफू लिखित पुस्तकबाट फिल्म कसरी बन्यो भन्नेबारे रोचक अनुभव पेश गरेका थिए ।

क्रिस्टोफर नोलनले फिल्म बनाउनुअघि यसअघि पनि उक्त पुस्तकमाथि दुईजनाले पनि फिल्मका लागि प्रयास गरेको अनुभव उनले सेयर गरेका थिए । उनी बुधबार पोखरा जाने कार्यक्रम रहेको बुझिएको छ ।

फेस्टिभलमा बर्डको पुस्तकमाथि चर्चा हुनेछ । फेस्टिभल आयोजक मिमांशा ढुंगेलका अनुसार पत्रकार कुन्द दीक्षितले लेखक बर्डसँग किताबदेखि फिल्मसम्मको यात्राका बारेमा चर्चा गर्नेछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: