काठमाडौं– नेपालमा विद्युतीय गाडिको माग बढ्दै गएको छ। विद्युतीय गाडीको माग नेपाली बजारमा पछिल्लो समय तीब्र रहेको विद्युतीय गाडी बिक्री गर्दै आएका अटो कम्पनीहरूले जनाएका छन्।
पछिल्लो समय विद्युतीय कारमा उपभोक्ताको आकर्षण बढ्दो देखिएको हो। विद्युत्को उपयोगसँगै सञ्चालन तथा मर्मत खर्च कम र वातावरणमैत्री हुने भएकाले ग्राहकको पहिलो रोजाइ विद्युतीय सवारी बन्ने गरेको छ। सरकारले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गरिरहेको छ।
नेपालमा छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको छ । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् ।