Sat. Jul 27th, 2024

एमाले धादिङको नवौं अधिवेशनको बन्दसत्र पुनःसुचारु

धादिङ-नेकपा एमाले धादिङको नवौं जिल्ला आजबाट पुनः सुरु भएको छ । गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको बन्दसत्र आजबाट पुनः संचालनमा ल्याइएको हो ।

विवादित विषयहरु समाधान भएपछि बन्दसत्र सुचारु गरिएको केन्द्रिय संगठन विभागका सचिव माधव ढुंगेलले बताए । बन्दसत्रको अध्यक्ष मण्डल, प्रतिनिधि छनौट, प्रतिनिधि छनौटको विधि र प्रक्रिया लगायत विवादित बनेका विषयमा दुबैपक्षबीच सहमति जुटेपछि बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्षता गर्दै नेकपा एमाले स्थायी समिति सदस्य तथा जनसंगठनका प्रमुख भानुभक्त्त ढकालले मिशन ०८४ सफल बनाउने हो भने पार्टीलाई छलफल र सहमतिबाट अगाडी लैजानुपर्ने, जिल्ला तहका नेताहरु एकताबद्ध भई अगाडी बढ्नुपर्ने निर्देशन दिए ।

केन्द्रिय संगठन विभागले बन्द सत्र सञ्चालन कार्यविधी बनाइ पार्टी स्थायी समिति सदस्य तथा जनसंगठनका प्रमुख भानुुभक्त्त ढकालको अध्यक्षतामा अध्यक्ष मण्डलको गठन ग¥यो । अध्यक्ष मण्डलको सदस्यहरुमा पार्टी बागमति प्रदेश कमिटि अध्यक्ष कैलाश ढुुंगेल, केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देवकोटा, संगठन विभागका सचिव माधव ढुुंगेल, केन्द्रिय सदस्यहरु खेम लोहनी, जानुका सिम्खडा, रेशम लामा, बागमति प्रदेश कमिटिका उपाध्यक्ष दावा दोर्जे लामा र प्रदेश कमिटिका सचिव नवराज सिलवाल समेत रहनुुभएको ९ सदस्यीय अध्यक्ष मण्डलले बन्द सत्रको व्यवस्थित रुपमा सञ्चालन गरेको छ ।

बन्द सत्रमा नेकपा एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र लेखा आयोगका सदस्य गोकर्ण दुवाडीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुुझाव सहित पास गरेको छ ।

५ सय ७८ जना प्रतिनिधि रहेको नेकपा एमाले धादिङको बन्द सत्रले आगामी कार्याकालका लागि १सय ५ सदसीय नयाँ नेतृत्व चयन गर्ने छ ।

About The Author

Loading...

अन्य समाचारहरु: