Mon. Oct 28th, 2024

बिहान चिसो र दिउँसो गर्मी हुँदा स्वास्थ्यमा असर पर्न सक्ने

काठमाण्डौ -केही दिनयताको मौसममा तापक्रम घटबढ भइरहेको छ । काठमाण्डौ उपत्यकासहित देशभर नै दिउँसोको समयमा घाम लाग्दा तापक्रम बढेर गर्मी हुन थालेको छ । तर बिहान बेलुका भने चिसो नै महसुस हुन्छ । बिहान चिसो र दिउँसोपख एक्कासी गर्मी हुँदा स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न सक्ने डाक्टरहरु बताउँछन् ।

तापक्रममा एकैचोटी हुने घटबढले रुघाखोकी लाग्ने भाइरसहरु सक्रिय हुने सम्भावना रहेको सशस्त्र प्रहरी बल अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। रोेशनकुमार झाले बताए । उनका अनुसार अनुसार तापक्रममा पाँच डिग्रीको फरक पर्नेबित्तिक्कै मानिसको शरीर अस्थिर हुन्छ ।

शरीर अस्थिर भएपछि रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । यसले विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई असर गर्ने डा।झाले बताए । उनले वातावरणमा तापक्रम घटबढ हुदा श्वासप्रस्वासको समस्या, मुटुमा समस्या, विभिन्न छालाजन्य रोग तथा सङ्क्रमण हुनसक्ने बताए ।

About The Author

अन्य समाचारहरु: