Mon. Oct 28th, 2024

मिस वर्ल्ड दिल्लीमा सुरु, उद्घाटन समारोहमा प्रियंकाको प्रस्तुति

काठमाडौं – ७१ औं मिस वर्ल्ड प्रतियोगिता मंगलबारदेखि भारतको राजधानी दिल्लीमा सुरु भएको छ । दिल्लीको अशोक होटलमा आयोजित उद्घाटन समारोहमा ११७ मुलुकका प्रतिस्पर्धी सुन्दरीले आकर्षक पहिरनसहित परिचय दिए ।

सन् २०२२ का विजेताले यो संस्करणमा सहभागिता जनाइरहेका छन् । नेपालको प्रतिनिधित्व गर्दै प्रियंकारानी जोशीले उद्घाटन समारोहमा आफ्नो परिचय दिएकी थिइन् ।

गुन्यूचोलो र छड्के तिलहरि लगाएर नेपाली परम्परागत पोशाकमा सजिएकी प्रियंकाले आफ्नो परिचय दिंदै भनिन्, ‘हेलो, नमस्ते, जोजोलोपा । म प्रियंकारानी जोशी विश्वको ताज र सर्वोच्च शिखर सगरमाथाको भूमिबाट आएकी हुँ ।’

सबै प्रतिस्पर्धी सुन्दरीले आ(आफ्नो मुलुकको संस्कृति र वैभव झल्काउने पोशाक प्रस्तुत गरेका थिए । फेब्रुअरी १८ देखि मार्च ९ सम्म हुने यो मिस वर्ल्डको फिनाले चाहिं भारतको मुम्बईस्थित जियो कन्भेन्सन सेन्टरमा हुनेछ ।

About The Author

अन्य समाचारहरु: