Wed. May 15th, 2024

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०।७६ अंकले घटेर २००५।८३ को विन्दुमा बन्द भएको छ ।

आज ३०९ कम्पनीका ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बढीमा किनबेच भएका छन् । सेयर बजारमा आज ४९ वटा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । १९७ वटा कम्पनीको शेयरभाउ घट्दा २ वटाको स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका हुन्। जोशी हाइड्रोपावरका लगानीकर्ताले ९।८७ प्रशिततका दरले कमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ९।८५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै हिमालयन उर्जा विकासका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ६० प्रशिततका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: