Mon. Oct 28th, 2024

नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले कर बुझाउन थाले

काठमाण्डौ – नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले धमाधम कर बुझाउन थालेका छन् । आन्तरिक राजस्व विभागका अनुसार नेपालमा दर्ता भएका गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्स लगायत १३ वटा बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थालेका हुन् ।

पहिलो पटक गएको साउनमा नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिरेका थिए । नेपालमा कम्पनी, कार्यालय र भौतिक उपस्थिति नै नभएका तर आर्थिक कारोबार गर्ने कम्पनीलाई विभागले चालु आर्थिक वर्षदेखि नेपालको कर प्रणालीमा दर्ता गराएर कर तिराउन थालेको हो ।

चालु आर्थिक वर्षदेखि सरकारले आर्थिक ऐनमा नै व्यवस्था गरेर नेपालमा कारोबार गर्ने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिर्नुपर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार नेपालबाट गरेको कारोबारको दुई प्रतिशतका दरले विद्युतीय सेवा कर ९डीएसटी० तिर्नुपर्छ । यो व्यस्थालाई कार्यान्वयन गर्न विभागले छुट्टै निर्देशिका र सफ्टवेयर बनाएर कम्पनीहरूलाई सहजीकरण गरिदिएको थियो ।

अहिले १३ वटा कम्पनीले सरकारलाई माघसम्मको भ्याट तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । नेपालमा कम्पनी नै नभएका र सम्पर्क व्यक्ति नै नभएका कम्पनीलाई कर तिराउन सक्ने बनाउनु ठूलो सफलता भएको विभागको भनाइ छ ।

About The Author

अन्य समाचारहरु: