
Palestinians inspect the site of an Israeli strike on a house, amid the ongoing conflict between Israel and the Palestinian Islamist group Hamas, in Rafah in the southern Gaza Strip February 22, 2024. REUTERS/Ibraheem Abu Mustafa
कठमाण्डौ – इजरायल–गाजा युद्धविरामबारे पेरिसमा भइरहेको वार्ता सकारात्मक हुने आशा गरिएको छ । पेरिसमा युद्धविराम र बन्धकहरुलाई रिहा गर्ने विषयमा वार्ता भइरहेको छ । यो सम्झौतामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइको माग पनि समावेश छ ।
यसअघि इजरायले हमालले बन्धक बनाएका आफ्ना नागरिकलाई रिहाइ गर्न समयसीमा दिएको थियो । जारी छलफलमा बन्धकहरूको रिहाइ र अस्थायी युद्धविरामबारे आधारभूत समझदारी भएको बीबीसीले जनाएको छ ।
यसैबीच, इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई राजीनामा दिन दबाब बढेको छ । हिजो इजरायलको तेलअभिभमा नेतान्याहुको राजीनामा माग गर्दै प्रदर्शन भएको खबरमा उल्लेख छ ।