Sat. Jul 27th, 2024

कप्तान रोहित पौडेलसहित ६ जना क्रिकेटरको तलब १ लाख रुपैयाँ

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ ९क्यान० ले पुरुष र महिला क्रिकेटरको श्रेणी वर्गीकरण सार्वजनिक गरेको छ । यही फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जनालाई केन्द्रीय सम्झौतामा राखेको क्यानले जनाएको छ ।

पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल गरी ६ जनाले मासिक एक लाख रुपैयाँ तलब पाउनेछन् । यस्तै पुरुषतर्फ ‘बी’ श्रेणीका ६ जनाले ७० हजार, ‘सी’ श्रेणीका ४ जनाले ५५ हजार, ‘डी’ श्रेणीका ७ जनाले ३५ हजार र उदीयमान श्रेणीमा पर्ने ७ जनाले २५ हजार रुपैयाँ तलब पाउनेछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: