Sat. Jul 27th, 2024

संसदको भवनभित्र पसेर लघुवित्त ऋणीहरूले गरे विरोध प्रदर्शन

काठमाडौँ -लघुवित्त ऋणीहरुले संसद भवन परिसरभित्रै प्रवेश गरेर बिरोध प्रदर्शन गरेका छन् ।

सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नारबाजी गरेका हुन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर नै काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमवार संसद भवनभित्रै प्रवेश गरी प्रदर्शन गर्न सफल भएका हुन् ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर लघुवित्त ऋणीहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् । उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: