Sat. Jul 27th, 2024

विद्युतीय गाडी निर्माण गर्ने एप्पलको परियोजना रद्द

काठमाण्डौ – आइफोन निर्माता कम्पनी एप्पलले विद्युतीय गाडी (ईभी) निर्माण गर्ने योजना रद्द गरेको बताइएको छ । एप्पलले एक दशकदेखि यस परियोजनामा काम गरिरहेको भन्ने खबर बाहिरिएको थियो । तर झण्डै दुई हजार मानिस संलग्न रहेको परियोजनालाई कम्पनिले कहिले पनि सार्वजनिक रूपमा स्वीकार भने गरेको छैन ।

यस परियोजनामा आबद्ध भएका धेरैजसो कर्मचारीहरूलाई आईफोन निर्माताको आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० डिभिजनमा सारिने बीबीसीले जनाएको छ । एप्पलले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । एप्पल कार टोलीलाई कम्पनीका प्रमुख कार्यकारी टिम कुकको टाइटन प्रोजेक्ट अन्तर्गतको विशेष समूहको रूपमा चिनिन्थ्यो ।

यसअघि कम्पनीले अनुसन्धान र विकासमा अर्बौँ डलर खर्च गरेकोले स्टीयरिङ ह्वील र पेडल विना पूर्ण स्वचालित विद्युतीय गाडी निर्माणका लागि काम गरिरहेको हल्ला थियो । एप्पलले गाडी उत्पादन गर्न अझै वर्षौँ लाग्ने आँकलन गरिएको खबरमा उल्लेख छ ।

About The Author

Loading...

अन्य समाचारहरु: